बिर्तामोड । अभावमा रहेका बिर्तामोड ३ र १० का विपन्न मुसहरहरुलाई वीरता जेसीजले बिहीबार झुल वितरण गरेको छ । विपन्नताका कारण समस्या झेलिरहेका बिर्तामोड ३ र १० का ३० घर मुसहरहरुलाई वीरता जेसीजले घरमै पुगेर झुल वितरण गरेको हो ।
बिर्तामोड ३ स्थित मुसहर बस्तीमा आयोजित कार्यक्रममा बिर्तामोड वडा नं ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकी, वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरी, कार्यक्रम संयोजक अजय अधिकारी, सामाजिक अभियन्ता गणेश ढुंगाना, समाजसेवी रामेश्वर मण्डललगायतले सचेतना कार्यक्रमसहित झुल वितरण गरेका हुन् ।
वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा वडाध्यक्ष मदनकुमार बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेसीज आस्था वाचन नवराज अधिकारीले गरेका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष बुढाथोकी, जेसीज अध्यक्ष चौधरी, पत्रकार इन्द्रसिंह राजवंशीले विभिन्न समस्यामा रहेका विपन्न मुसहरहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रम आवश्यक भएको बताए ।
उनीहरुले अब केही दिनमा मुसहर बालबालिकालाई पठनपाठनमा सहयोग गर्नेगरी शैक्षिक सामग्री वितरण गर्ने जानकारी दिए । कार्यक्रमको सञ्चालन बसन्त ढकालले गरेका थिए ।
लामखुट्टेबाट प्रभावित मुसहरहरु झुल पाएपछि दंग परेका छन् ।