काठमाडौं । काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले ताला लगाएको छ ।
महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो ।
यसैबीच विद्यार्थी संगठनले विभागमा लगाएको ताला फोर्ने तयारी भइरहेको महानगर प्रहरीले जनाएको छ ।
‘विद्यालयमा राजनीति गर्न नदिने भन्ने विषयलाई विद्यार्थी संगठनको नाममा लगाएको ताला हामीले फोर्दै छौं’ महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।