
बुधबारे । मिसन ग्रास रुट झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १का जनप्रतिनिधिहरु र पार्टी नेताहरु बिच नमुना वडा कसरी बनाउन सकिन्छ भन्ने छलफल भएको छ ।
नेकपा एमाले बुद्धशान्ति वडा नं. १ का पाटी अध्यक्ष पूर्ण सञ्जेल को अध्यक्षता जिल्ला पाटी झापाका उपाध्यक्ष तथा संविधानसभा सदस्य प्रेम गिरीको सहजिकरणमा भएको कार्यक्रममा वडाध्यक्ष अनिल वाग्ले लगायतको उपस्थिति रहेको थियो ।
सहजकर्ता प्रेम गिरीले यो वडालाई नमुना वडा बनाउनु भावि योजना बनाउन जरुरी रहेको कुरा बताए भने उनले आफू सधै भरि यश वडाको विकास योजनाको काम पुलको काम गर्ने वचन दिए भने वडाध्यक्षले आफ्नो नेतृत्व मा के के काम गरियो र के गर्न बाँकी छ भन्ने कुराको व्याख्या गरेका थिए।


 
						 
						 
						