२०८१ मंसिर ९, आइतवार , ०७:३३:०८ बजे

Sajhamanch
'

भद्रपुर जेसीजद्वारा सदस्यहरुलाई बीमा अभिमुखीकरण

आइतवार, फागुन २१, २०७९

भद्रपुर । भद्रपुर जेसीसको आयोजनामा तथा रिलाएवल लाइफ इन्स्योरेन्स कम्पनीको प्राविधिक सहयोगमा यहाँ बीमा सम्बन्धी एक दिवसीय अभिमुखीकरण सम्पन्न गरिएको छ ।

चन्द्रगढीमा सम्पन्न कार्यक्रममा भद्रपुर जेसीजका बोर्ड पदाधिकारी र रिलाएवल लाइफ इन्स्योरेन्सका कर्मचारी, एजेन्ट र अभिकर्ताबीच अन्तरक्रिया तथा बीमा सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न गरिएको हो ।

भद्रपुर जेसीजका अध्यक्ष युवराज न्यौपानेको अध्यक्षता तथा रिलाएवल लाइफ इन्स्योरेन्सका बाबुराम अधिकारीको प्रमुख सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

भद्रपुर जेसीजका निवर्तमान अध्यक्ष मनोज भट्टराई, बोर्ड पदाधिकारी र इन्स्योरेन्सका कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा आमन्त्रित तथा सहभागीहरुलाई कार्यक्रम संयोजक नीरप्रसाद अधिकारीले शाब्दिक स्वागत गरेका थिए ।

भद्रपुर जेसीजका उपाध्यक्ष शेखर बुढाथोकीले जेसीज आस्थावाचन गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव टिकाराम पाण्डेले गरेका थिए ।

सम्बन्धित खबर