२०८१ मंसिर ९, आइतवार , १२:४८:४६ बजे

Sajhamanch
'

हिमाली एजुकेशनले मनायो १६औं वार्षिकोत्सव

सोमवार, फागुन १५, २०७९

अर्जुनधारा । अर्जुनधारा ६ मा रहेको हिमाली एजुकेशन फाउण्डेशनले आज १६औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

फाउण्डेशनका संस्थापक खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य थियो ।

विद्यालयका प्रिन्सिपल शान्ता गिरीले शाब्दिक स्वागत गरेपछि सञ्चालन गरिएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि गोम्देनसहित शैक्षिक सामाजिक व्यक्तित्वहरुले आफ्ना धारणा राखेका थिए ।

प्रमुख अतिथि नगरप्रमुख गोम्देनले बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई थप ज्ञान दिनु पर्नेमा जोड दिए । उनले किताबी ज्ञानसँगै विद्यार्थीमा निहित क्षमतालाई उजागर गर्नुपर्ने बताए ।

कार्यक्रममा प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौलाले नगर क्षेत्रमा सामुदायिकभन्दा पनि निजी विद्यालय धेरै रहेको बताउँदै निजी क्षेत्रले शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गरे पनि नगर शिक्षा समितिले निजी विद्यालयलाई अवमूल्यन गरिरहेको आरोप लगाए । उनले निजी विद्यालयलाई नगर शिक्षाले प्राथमिकता दिएर सोही अनुरुप व्यवहार गर्नु पर्ने माग गरे ।

कार्यक्रममा विद्यार्थीहरुले स्वागत गान, राष्ट्रियता झल्कने नृत्य, गीत, नृत्य, कविता, वाक्कला लगायत प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रमका बिच बिद्यालयका शिक्षक बालकुमारी आचार्यलाई सम्मान गरिएको छ । उनलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्यस्तै गत वर्ष कक्षागत उत्कृष्ट पहिलो, दास्रो र तेस्रो हुने २४ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बासुदेव बरालले गरेका थिए ।

कक्षा–८ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत् छन् भने ३२ जना शिक्षक तथा कर्मचारी रहेको संस्थापक गिरीले जानकारी दिए ।

सम्बन्धित खबर