२०८१ मंसिर ९, आइतवार , ०६:३७:५५ बजे

Sajhamanch
'

झापामा एकल अभियान नेपालको २७औं स्थापना दिवस मनाइयो

शनिवार, फागुन १३, २०७९

झापा । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालको २७औं स्थापना दिवस आज देशैभर विशेष कार्यक्रम गरी मनाइएको छ । झापाको शिवसताक्षी वडा नं. ४ र ५ लाई लक्षित गरी जनताबजारमा झापा जिल्ला समितिले पनि स्थापना दिवस मनाएको हो ।

शिवसताक्षी वडा नं. ४ का वडाध्यक्ष बिष्णु प्रसाईंको प्रमुख आतिथ्य तथा वडा नं. ६ का वडाध्यक्ष मनोज खुलालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हो । जनकल्याण प्रतिष्ठान एकल अभियान जिल्ला समिति झापाका अध्यक्ष शंकर भट्टराईको अध्यक्षातामा सम्पन्न कार्यक्रममा उनले संस्थाका बारेमा अवगत गराएका थिए ।

२७ वर्ष पहिले आज कै दिन धादिङ्ग जिल्लाको नलाङ्ग गाउँबाट कूल २८ एकल विद्यालय सञ्चालन गरी सुरु भएको अभियानले अहिले ४६ जिल्लाका ५०१ गाउँसम्म एकल विद्यालय सञ्चालन गरेर उदाहरणीय काम गरिरहेको जिल्ला अध्यक्ष भट्टराईले जनाए ।

स्वामी विवेकानन्दको भनाई उधृत गर्दै भट्टराईले आफ्नो मन्तब्यमा भने, ‘यदि विद्यार्थी विद्यालय पुगेनन् भने विद्यालय नै विद्यार्थी नजिक गएर शिक्षा दिनुपर्छ ।’ यही भनाइलाई आत्मासाथ गर्दै शिक्षा संस्कार स्वास्थको मूल नारा दिएर एउटा शिक्षकद्वारा बालबालिकाको सर्वाङ्गिन विकास हेतु संस्कारमुलक अनौपचारिक बालशिक्षा सञ्चालन गरिनु नै एकल विद्यालय भएको उनको भनाई छ ।

एकल विद्यालयमा सात विषयहरु संस्कार, भाषा, गणित, सामान्य ज्ञान विज्ञान, हस्तसिल्प, स्वास्थ र शारीरिक शिक्षा पढाइने अध्यक्ष भट्टराईले बताए । देशभक्ति गीत, आफ्नो रितिनीति आदि पनि एकल विद्यालयको पाठ्यक्रममा समावेश गरिएको उनले बताए ।

हालसम्म हजारौं बालबालिकाले एकल विद्यालयमा अध्ययन पूरा गरेर आफ्नो व्यक्तिगत जीवनशैलीमा परिवर्तन ल्याउँदै आत्मनिर्भर भएकाले यो अभियानले चर्चा पाएको अध्यक्ष भट्टराईले आफ्नो मन्तब्यमा सुनाए ।

सो कार्यक्रममा बिराटनगर भाग प्रमुख योगमाया न्यौपाने, जिल्ला सदस्य तथा विश्वहिन्दू परिषद् झापा जिल्ला अध्यक्ष होमनाथ ढुङ्गेल, शिवसताक्षी सञ्च प्रमुख पिताम्बर बराल लगायतले अभियानका बारेमा धारणा राखेका थिए ।

सम्बन्धित खबर