२०८१ असोज ४, शुक्रवार , ०७:५५:४१ बजे

Sajhamanch
'

नेकपा एमाले झापाको छैटौ पूर्ण बैठक जारी

बुधवार, फागुन १०, २०७९

बिर्तामोड । नेपाल कम्यूनिष्ट पार्टी एमाले झापाको छैटौ पूर्ण बैठक बिर्तामोडस्थित हिमाल सागर पार्टी प्यालेसमा आज बुधबार दिउँसो सुरु भएको छ ।

पार्टीकाे केन्द्रीय कमिटीका सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा सुरु भएको बैठकमा जिल्ला अध्यक्ष दिपक कार्कीले बैठकको कार्यसूची प्रस्तुत गरेका छन्। पाँचौ र छैटौं बैठकका बीचमा केन्द्रीय कमिटीबाट प्राप्त अन्तर पार्टी निर्देशन तथा प्रदेश कमिटीकाे निर्देशन पढीबाची गरेर जिल्लाका पालिकाहरुमा मिसन ग्रासरुटका लागि खटिएका नेताहरु बारेमा जानकारी दिए।

बैठकमा स्थायी कमिटी सदस्यहरु राजेन्द्र गौतम र अग्नि खरेल, पोलिटब्युरो सदस्यहरु देबेन्द्र दाहाल र जितु गौतम सहित केन्द्रीय कमिटीका सदस्यहरु रबिन कोइराला, रोमनाथ ओली, लाल राजवंशी, इन्दु गौतम, सकुन्तला बस्नेत, उर्मिला थेबे र प्रदेश कमिटीका अध्यक्ष तुलसी न्यौपाने लगायतको सहभागिता छ ।

जिल्ला सचिव शिव ढुङ्गेलले सञ्चालन गरेको बैठकमा आमन्त्रित नेतृत्वहरुलाई उपाध्यक्ष प्रेम गिरीले शाब्दिक स्वागत गरेका छन् । स्वागत मन्तव्यका क्रममा मिसन ग्रासरुटका विषयमा गिरीले पार्टीका साधारण सदस्यसम्म पुगेर सक्रिय बनाउन अभियान सुरु भएको जनाए ।

यो समाचार तयार गरिरहँदा प्रदेश कमिटीका अध्यक्ष न्यौपाने बोलिरहेका छन् । यसपछि जिल्ला इन्चार्ज अग्नि खरेलले सम्बोधन गर्ने जनाएको छ।

सम्बन्धित खबर