२०८१ पौष १९, शुक्रवार , ०८:१५:५५ बजे

Sajhamanch
'

प्रतिनिधि सभामा अब्बल भूमिका खेल्ने सभामुख घिमिरेको दाबी

बुधवार, फागुन १०, २०७९

स्याङ्जा । प्रतिनिधि सभाका सभामुख देवराज घिमीरेले प्रतिनिधि सभामा सभामुखको रुपमा आफूले अब्बल भूमिका खेल्ने दोहोर्याएका छन् । कालीगण्डकी गाउँपालिका स्याङ्जाद्वारा आयोजित कालीगण्डकी खेलकुद महोत्सव एवं अध्यक्ष कप खेलकुद प्रतियोगिता २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमीरेले यस्तो दावी गरेका हुन् ।

‘प्रतिनिधि सभामा मेरो भूमिका तटस्थ रहनेछ, त्यसको लागि दलहरुले पनि सोही किसिमले आफूलाई प्रस्तुत गर्नेछन् भन्ने मैले अपेक्षा लिएकोछु’ सभामुख घिमिरेको भनाई छ । दलहरुलाई खेलाडीको संज्ञा दिंदै सभामुख घिमिरेले दलहरुले राम्रो खेल प्रदर्शन गर्नुपर्ने र आफू अब्बल अम्पायरको भूमिकामा रहने समेत बताए ।

यसैबीच सभामुख घिमिरेले कालिगण्डकी गाउँपालिका ७ मिर्मीमा १५ शैयाको कालिगण्डकी अस्पतालको शिलन्यास गरेका छन् । २१ करोड ५७ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको १५ शैयाको कालिगण्डकी अस्पताल २०८१ कार्तिक मसान्तसम्म निर्माण गरिसक्ने गरी आरएनसिएस विकोन जेभीले ठेक्का लिएको छ । सो अस्पताल सञ्चालनमा ल्याइएपछि स्याङ्जासहित छिमेकी जिल्ला पर्वत र गुल्मीका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।