२०८१ मंसिर ११, मङ्गलवार , ०७:४६:४७ बजे

Sajhamanch
'

बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित संगीत विद्यालयको उद्घाटन

शनिवार, फागुन ६, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि सप्तक संगीत विद्यालय सञ्चालनमा ल्याइएको छ । शिवरात्रीको शुभसाइतमा गायन, नृत्य तथा वाद्यवादनको विद्यालय सञ्चालनमा ल्याइएको हो ।

प्रदेश सभाका सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी संगीत विद्यालयको उद्घाटन गरिएको हो । विद्यालयको समुद्घाटन मन्तब्य राख्दै सांसद कार्कीले संगीत सबैखाले पीडाबाट भुल्ने अचुक औषधि भएको बताए । मानिसमात्र होइन पशुपन्छीका लागि पनि संगीतको उत्तिकै महत्व रहेको सुनाउँदै प्रमुख अतिथि कार्कीले यस्तो विद्यालयको स्थापनाले बिर्तामोडका लागि सुखद सुरुवात भएको बताए ।

‘समृद्धिको सपना देखेर मात्र हुँदैन, यसको प्राप्तीका लागि सबै क्षेत्रमा समान प्रगति पनि हुँदै गर्नु आवश्यक छ’ सांसद कार्कीले भने ‘यो संगीत विद्यालय समृद्धिको एउटा सूचक हो । ’

विद्यालयका सञ्चालक परिवारबाट गीता तिवारीको अध्यक्षतामा आयोजित विद्यालय उद्घाटन कार्यक्रममा आमन्त्रितहरुलाई शाब्दिक स्वागतसहित विद्यालय स्थापनाको औचित्यमाथि प्रकाशकृष्ण अधिकारीले प्रष्ट्याएका थिए ।

विद्यार्थी विजेता अधिकारीबाट शिव स्तुति गायनबाट सुरु भएको सांगीतिक कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, निवृत्त राष्ट्रसेवक देवराज कार्की, कांग्रेस नेता भोजराज सिटौला, अर्जुनधारा वडा नं. ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, पत्रकार गोपाल काफ्ले, कलाकार मोहन विक, नाट्यकर्मी माधव कल्पित, टोल विकास संस्थाका अध्यक्ष गंगा शिवाकोटी र माई नगरपालिका शिक्षा शाखा प्रमुख किरण सुवेदीले मन्तब्य राखेका थिए ।

सो सांगीतिक कार्यक्रममा कुमार सुवेदी र पवित्रा ओलीले स्वागत गीत गाएका थिए भने रियालिटी शोका चर्चित गायकहरु मेनुका पौडेल, कृपा पौडेल लगायतको प्रस्तुति रहेको थियो ।

सम्बन्धित खबर