२०८१ कार्तिक २, शुक्रवार , ०४:३०:३५ बजे

Sajhamanch
'

अरनिको माविमा चारकोठे पक्की भवन बन्ने, मेचीनगर प्रमुख उपप्रमुखद्वारा शिलान्यास

आइतवार, माघ २९, २०७९

मेचीनगर । झापाको मेचीनगर ७ गोमनसरीस्थित अरनिको माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन बनाइने भएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रूपमा उक्त दुईतले चारकोठे पक्की भवनको आज शिलान्यास गरेका हुन् ।

मेचीनगर नगरपालिकाको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८÷०७९ मार्फत विनियोजित ४५ लाखको बजेटबाट भवन निर्माण हुने जनाइएको छ । उक्त भवन निर्माण सम्पन्न हुँदा अरनिको माध्यमिक विद्यालयमा अध्ययन गर्न विद्यार्थीहरूलाई थप सहज हुने नगरप्रमुख बुढाथोकीले बताए ।

प्राथमिकताका आधारमा अरनिको माध्यमिक विद्यालयमा नयाँ भवन निर्माण कार्यक्रमका लागि बजेट पारेको बताउँदै उनले आफ्नो लक्ष्य समग्र मेचीनगरको शैक्षिक गुणस्तर र विकासका निम्ति रहने उनले बताए ।

भवन अभावले विद्यालयको शैक्षिक गतिविधिमा समस्या भइरहेको बताउँदै स्थानीय अभिभावकहरू अब नवनिर्मित चारकोठे पक्की भवन बनेपछि विद्यालयमा सहज हुने विश्वास लिएको बताउँछन् ।

शिलान्यास कार्यक्रममा मेचीनगर उपप्रमुख उप्रेती, मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणि ओली, अरनिको माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल अधिकारी, प्रधानाध्यापक विशाल भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर