२०८१ माघ १३, आइतवार , ०२:३९:१३ बजे

Sajhamanch
'

तेजस्वी कम्प्युटर सपोर्ट नयाँ संरचनामा स्थानान्तरण

बुधवार, माघ २५, २०७९

बिर्तामोड । सेक्युरिटी सर्भिलेन्सको उत्पादक हिकभिजन चाइनाको आधिकारिक बिक्रेताको रुपमा तेजस्वी कम्प्युटर सपोर्टले बुधबारदेखि बिर्तामोडस्थित भद्रपुररोडबाट नयाँ संरचनामा आफ्नो शोरुम स्थानान्तरण गरेको छ ।

काँकरभिट्टा रोडको प्रभू बैंकमाथि विगत ७ वर्षदेखि सञ्चालित तेजस्वी कम्प्युटर सपोर्टलाई फराकिलो भवनमा नयाँ संरचना र सुविधासहित स्थानान्तरण गरिएको प्रोपाइटर कृष्णप्रसाद घिमिरेले बताएका छन् ।

नयाँ संरचनासहितको सपोर्ट सेन्टरको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली र सेक्युरिटी सर्भिलेन्स हिकभिजनको नेपालका लागि सोल डिस्ट्रिब्युटर म्याक्सिमा मल्टिनेशनल ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनिकुमार तामाङले रिबन काटेर उद्घाटन गरेका हुन् ।

करिव दुई करोड रुपैयाँको लगानीमा नयाँ ढंगले पर्याप्त फराकिलो स्थानमा आकर्षक सजावटका साथ पसल सञ्चालनमा ल्याइएको सञ्चालक घिमिरेले बताए ।

तेजस्वी कम्प्युटर सपोर्ट होम एप्लाइन्सेसहरु सान्सुई, पानासोनिक र केन आरओको पनि आधिकारिक विक्रेता हो । पसल उद्घाटन कार्यक्रममा कम्पनीका निर्देशक प्रमोदकुमार अधिकारी र सञ्चालक कमल तामाङ लगायतको आतिथ्य थियो ।

तेजस्वी कम्प्युटर सपोर्टको व्यवसायिक साझेदारको रुपमा प्रथम आइटी सिस्टम पनि रहेको छ । प्रथम आइटीले उत्पादन गर्ने सफ्टवेयरहरु अनलाइन स्टक व्यवस्थापन गर्ने काममा तेजस्वीको सपोर्ट रहने जनाइएको छ ।

सो कार्यक्रममा हिकभिजन चाइनाबाट आएका च्यानल सेल्स म्यानेजर मोहम्मद चुन्ना, टेक्निकल इञ्जिनियर सुप्रीम कोइराला, मार्केटिङ म्यानेजर अमर पुडासैनी लगायतको आतिथ्य रहेको थियो ।

https://www.facebook.com/100000585480509/videos/1774568202937586/

सम्बन्धित खबर