कमल । कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले आर्थिक अवस्था कमजोर भएका ३ जना छात्रालाई आर्थिक सहयोग गरेकी छन् ।
सन्थाल जातिहरुको गाउँपालिका स्तरीय प्रथम सोहरार्य कार्यक्रमका अवसरमा वडा नं. १ स्थित नरेन्द्र जनता माद्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई उपाध्यक्ष न्यौपानेले आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन् ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका विद्यार्थीको पढाइमा सहजीकरण गर्न उपाध्यक्ष न्यौपानेले जनही १०–१० हजार रुपैयाँ नगद हस्तान्तरण गरेकी हुन् । आर्थिक सहयोग पाउने विद्यार्थीहरुमा राधिमा मुर्मु कक्षा १२, शर्मिला हास्दा कक्षा ११ र मुना मर्डी कक्षा १२ रहेका छन् ।