बिर्तामोड । नेपाल यादव सेवा समिति झापा शाखाको आयोजना तथा संजीवनी हर्ट हस्पिटल प्रालिको प्राविधिक सहयोगमा सुरुवाती कोठा नेपाल तथा आदर्श स्कूल अफ मेनेजमेन्टले आज निःशुल्क स्वास्थ्य शिविर गरेका छन् ।
आदर्श कलेजका विद्यार्थी र शिक्षकलाई निःशुल्क मुटु तथा जनरल फिजिसियन सेवा दिइएको हो । सन्जिवनी अस्पतालका मुटु रोग विशेषज्ञ डाक्टर सिपि यादवले विद्यार्थीको स्वास्थ्य जाँच गरेका हुन् । १२० जनाभन्दा धेरै विद्यार्थीको स्वास्थ्य परीषण गरिएकोमा २० जनाको ईको गर्नुपर्ने डा. यादवले सल्लाह दिएका थिए ।
यस्तो कार्यक्रमले कलेजका विद्यार्थीलाई अतिरिक्त कृयाकलापको मध्यमबाट अझै रचनात्मक कार्यक्रम गर्दै लौजाने कलेज इन्चार्ज यज्ञराज कडरियाले बताएका छन् ।