मेचीनगर । मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा मतदान नगरी सबै राजनीतिक दलको प्रतिनिधित्व रहने गरी सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा चार राजनीतिक दलको मतैक्यता रहेको छ ।
नेकपा एमालेको नेतृत्वमा पटक पटक भएको छलफल पछि संयुक्त विज्ञप्ती प्रकाशन गरी चार राजनीतिक दलहरुले आर्थिक मन्दीको चपेटामा रहेका व्यवसायीहरुको सुरक्षाका लागि बोलिदिने निकाय वाणिज्य संघ सबैको साझा बनाउन आग्रह गरेका हुन् । नेतृत्व सर्वसम्मत चयन गरौै, मतदानतर्फ नजाउँ भन्ने सन्देश दिएर आज विज्ञप्ती जारी गरिएको हो ।
उक्त विज्ञप्तीमा नेकपा एमालेका नगरकमिटी अध्यक्ष राजु पोखरेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष भिमबहादुर कुँवर र जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङले हस्ताक्षर गरेका छन् ।