२०८१ पौष ४, बिहिवार , ०८:०१:४६ बजे

Sajhamanch
'

नगरकी कर्मचारी सापकोटाले कपडा बैंक सञ्चालनमा ल्याएर मनाइन्, आफ्नो जन्म दिन

बिहिवार, माघ ५, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाकी कर्मचारी माया सापकोटाले आफ्नो जन्म दिनको अवसरमा कपडा बैंक सञ्चालनमा ल्याएकी छिन् ।

शिवसताक्षी नगरपालिका वडा नं. १ निवासी वडा नं. १ को कार्यालयमा कार्यरत सापकोटाले जन्म दिन मनाउने खर्चलाई सदुपयोग गर्दै धरमपुर बजारमा कपडा बैंक सञ्चालनमा ल्याएकी हुन् । हुनेले दिउँ र नहुनेले लिउँ भन्ने नारा दिएर उक्त कपडा बैंक सञ्चालनमा ल्याएको हो ।

बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने विश्वास लिएको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । उनले समाजमा भएका धनी वा सम्पन्न परिवारहरुबाट विभिन्न खालका कपडाहरु संकलन गरी निम्न आय वा विपन्न परिवारलाई निशुल्क वितरण गरेर यही नगरपालिकाकी कर्मचारी माया सापकोटाले उदारणीय कामको थालनी गरेकामा उनलाई धेरै धन्यवाद दिएका थिए । कपडा बैंकले धनी र गरिब बीचमा एउटा सम्बन्ध स्थापित गर्ने छ । जसले गर्दा लगाउन मिल्ने र राम्रा कपडाहरुको सदुयोग हुनेछ भने, एउटा विपन्न तथा असाहयहरुको कपडा कै अभावमा चिसो र जाडो खप्नु पर्ने बाध्यता हट्ने उनको भनाई थियो ।

कपडा बैंक सञ्चालिका सापकोटा सामाजिक कार्यसमेत गर्ने उद्येश्यका साथ कपडा बैंक सञ्चालन गरेको बताइन् । ‘हाम्रो समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने पनि धेरै छन, नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन । सापकोटाले भनिन्, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं ।’

उनले बैंकमार्फत प्रयोग गर्न मिल्ने कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जविनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने बताइन् ।

आजबाट सुरु गरिएको कपडा बैंकका लागि एउटा व्यवस्थित कोठा उपलब्ध गराइदिन पनि धरमपुर बजार समितिलाई सञ्चालिका सापकोटाले आग्रह गरेकी छिन

कार्यक्रममा शिवसताक्षी नगरपालिका पूर्व नगरप्रमुख चन्द्रकुमार सेर्मा, पूर्व उपप्रमुख भोजकुमारी नेपाल, नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपाल, कार्यक्रम अधिकृत महेश लामिछाने वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दिलिप घिमिरेले गरेका थिए ।

बिहिवार, माघ ५, २०७९ | Uncategorized

सम्बन्धित खबर