बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. २ मा रहेको ज्येष्ठ नागरिक संघको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ ।
वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीमबहादुर कार्कीको प्रमुख आतिथ्य तथा वुद्धवीर घिमिरेको अध्यक्षतामा वडा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका भित्र रहेका ज्येष्ठ नागरिकको सहभागिता थियो ।
नरेन्द्र अधिकारीले स्वागत मन्तव्य गरेको कार्यक्रममा बाह्रदशी गाउँपालिकाका ज्येष्ठ नागरिक संघका अध्यक्ष शेरबहादुर तामाङ, राजगढ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद दुलााल र बाह्रदशी गाउँपालिका वडा नम्वर २ का निर्वतमान वडाध्यक्ष यादव मिश्रले मन्तब्य राखेका थिए ।
सो समारोहमा ज्येष्ठ नागरिक संघ बाह्रदशी गाउँपालिका सदस्य दुर्गादेवी नेपाल र चेतप्रसाद राजवंशी लगायतले मन्तव्य राखेको जनाइएको छ ।