भारत । भारतको सिलगढी देवकोटा संघको सभाहलमा आज गायक तथा संगीतकार जीवन अधिकारीको प्रभु चरणमा भाग–२ भजन संग्रहको एक कार्यक्रमक बिमोचन गरिएको छ।
नेपाल भारतका साहित्यिक, सांगीतिक तथा कलाक्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको गरिमाामय उपस्थितिमा साहित्य चौतारी विर्तामोड झापाका संस्थापक संरक्षक श्री देवीभक्त श्रेष्ठको मुख्य आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सांगीतिक क्षेत्रका शिखर व्यक्तित्वहरु शान्ति ठटाल, कर्मा योञ्जन, जस योञ्जन प्यासीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा साहित्य चौतारीका अध्यक्ष हस्त परियार, सल्लाहकार सदस्य कृष्णप पौडेल , अनिरुद्र ओली, उपाध्यक्ष कृष्ण सुवेदीू निराकारू , सहसचिव देवीचरण भण्डारी , सदस्यहरु चित्रा पौडेल, सुनिता तामाङ्,विनोद खनाल, चौतारीको पूर्व उपाध्यक्ष तथा विराट एफ एम विर्तामोडको सञ्चालक स्रष्टा लीला अनमोल, पूर्व सचिव तथा सूर्योदय टेलिभिजन विर्तामोड संग आवद्ध दिलिप घिमिरे, गीतकार एन. वी. दाहाल नवीन, इलामेली स्रष्टा नुरज भट्टराई, सङ्खुवासभाबाट विरेश राई, लगायतका व्यक्तित्वहरुको आतिथ्य, यसैगरी मुक्ति वराल, कालुसिंह रणपहेली लगायत सिलगढी, सिक्किम, कालिम्पोङ तथा दार्जीलिङका साहित्य,संगीत र कलासंग आवद्ध महानुभावहरुको उल्लेख्य महानुभावहरुको उपस्थितिले कार्यक्रम शोभायमान भएको थियो ।
भारत सरकारका आयकर विभागका आयुक्त मिलन रूचालको अध्यक्षता,अभिषेक क्षेत्रीको मीठो स्वागत मन्तव्य र वेग वसन्त थापाको रोचक कार्यक्रम सञ्चालनले दर्शक स्रोतालाई विशेष मनोरञ्जन प्राप्त भएको थियो।
दुईचरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा संगीतकार जीवन अधिकारीद्वारा सङ्गितवद्ध भजनहरुको सँगालो प्रभुचरणमा ( भाग–२) को लोकार्पण गरिएको थियो। मुख्य अतिथि चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ र विशिष्ट अतिथिहरुलेू प्रभुचरणमा ( भाग–२) को भजन क्यासेटको रिवन अनावरण गरेर लोकार्पण गरिएको हो । लोकार्पित भजन सङ्ग्रह भित्रबाट एकाग्र मनले ताली बजाउँदै भजभज हरिको नाम बोलको भजन, गायक राजन आलेले गाएका थिए ।
भीमा प्रकाशन संस्थान सालवारीले गायक तथा संगीतकार जीवन अधिकारीलाई सम्मान गरेको थियो। ।यस संस्थाका अभिषेक क्षेत्रीले जीवन अधिकारी र उहाँकी अर्धाङ्गिनी आँचला अधिकारीलाई संयुक्तरुपमा सम्मान– पत्र, दोसल्ला, खादा,माला, अविरटीकाद्वारा सम्मान गरेका थिए ।
दोस्रो चरणमा गायक तथा संगीतकार जीवन अधिकारीद्वारा संगीतवद्ध भएका गीतहरु विभिन्न गायक गायिकाहरुले गाएका थिए।