२०८१ मंसिर ८, शनिवार , १०:१७:५४ बजे

Sajhamanch
'

हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन

आइतवार, माघ १६, २०७८

काठमाडौं– रेकर्डमा नरहेको भनिएको २४ लाख डोज कोरोना विरुद्धको खोप खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप हराएको विषयमा छानबिनका लागि ५ सदस्यीय समिति बनाएको हो।

यो ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ। समितिले २ हप्तामा प्रतिवेदन दिने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिएकी छन्।

कोरोना महामारी बढेगै थालिएको कोरोनाविरुद्धको अभियानका क्रममा २४ लाख मात्रा खोप रेकर्डमा नरहेको मन्त्रालयलले नै बताएको थियो।

सम्बन्धित खबर