२०८० फागुन २०, आइतवार , ०१:३०:४७ बजे

Sajhamanch
'

कमेडी च्याम्पियनको तेस्रो सिजनका लागि शिवसताक्षीका सविन दाहालको प्रोमो सार्वजनिक

मङ्गलवार, फागुन १, २०८०

शिवसताक्षी । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ मा शिवसताक्षीमा सविन दाहाल प्रतिश्प्रर्धीको रुपमा देखिने भएका छन् ।

शिवसताक्षी ७ व्याङ्गडाँडाका सविन दाहाल हाल कमेडी च्याम्यिनको ३० जना भित्र परेको बताइएको छ । स्कुलदेखि नै अतिरिक्त क्रियाकलापमा सक्रिय सविन सानैदेखि मेहेनती रहेको उनका काका तारानाथ दाहाले बताए । हाल कमेटी च्यापियनको प्रोमो सविन दाहाल देखिन थालेका छन् । कमेडी च्याम्पियनमा झापा उनी एक मात्र प्रतिश्पर्धी हुन् ।

अडिसनबाट ३० जना प्रतिस्पर्धी छानिएको जनाइएको छ । कुल ३३ एपिसोडको यो शो कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । विशाल भण्डारीले निर्देशन गर्ने शोलाई थ्री प्रोडक्सनले निर्माण गर्न लागेको हो ।

केकी अधिकारी, रीमा विश्वकर्मा र विशाल भण्डारी निर्माताको रुपमा छन । अघिल्ला दुई सिजन जस्तै तेस्रोमा पनि होस्ट, जज र संरचनामा परिवर्तन छैन । जजको रुपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्माले निरन्तरता पाएका छन् ।

रीमा र मेक्सम गौडेल होस्टको रुपमा हुनेछन् । शो हरेक साता बिहीबार र शुक्रबार राति ९ देखि साढे १० बजेसम्म प्रसारण हुने जनाइएको छ । सिजन १ को विजेता हिमेश पन्त हुन भने दोस्रो सिजनका विजेता भरतमणि पौडेल हुन् ।

मङ्गलवार, फागुन १, २०८० | समाज

सम्बन्धित खबर