२०८० फागुन ८, मङ्गलवार , ०५:४७:३६ बजे

Sajhamanch
'

लायन्स बिर्तामोड लेडीद्वारा शैक्षिक सामग्री वितरण

मङ्गलवार, फागुन १, २०८०

अर्जुनधारा । लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा ६ दासपूलस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

लायन्स क्लब अफ बिर्तामोड लेडीका सक्रिय सदस्य तथा सामाजिक ब्यक्तित्व उमा शाहका छोराको जन्मदिनको अवसर पारेर विद्यार्थीलाई कपी तथा अन्य स्टेशनरी सामान वितरण गरिएको हो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीका अध्यक्ष निरू उप्रेती ओलीका अनुसार स्टेशनरी सामान हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट चिफ नीरज ओली, वीरता लेडी जेसीजका अध्यक्ष मेनुका ओली, छठ महिला मञ्चका अध्यक्ष हेमलता चौधरी, लायन्सका लिडरहरु, विद्यालयका शिक्षक लगायतको उपस्थिति थियो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीका अध्यक्ष ओलीको यो ४२औं कार्यक्रम भएको जनाइएको छ ।

सम्बन्धित खबर