प्याब्सनद्वारा बजेटमा बालबालिका समेट्न भद्रपुर नगरपालिकासँग माग

June 22, 2022 8:38 pm

भद्रपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) भद्रपुरले निजी विद्यालयका बालबालिकालाई पनि आसन्न बजेटमार्फत सम्बोधन गर्न नगरपालिकासँग माग गरेको छ ।

प्याब्सनका नगर समिति अध्यक्ष रत्नबहादुर गिरीको नेतृत्वमा गएको टोलीले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई मागपत्र बुझाएको हो ।

मागपत्रमा विगतका सरकारले जस्तो निजी विद्यालयका बाल बालिकालाई बेवास्ता नगर्न सुझाव समेत दिइएको छ ।

          June 22, 2022 8:38 pm | राजनीति,शिक्षा,समाज


प्रतिकृयाहरू :

समाचारहरु: