
नेपालमा बढ्न थाल्यो विद्युतीय गाडीको आयात

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयातमा वृद्धि भएको छ ।
विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ११ महिनामा १७ सय बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार एक हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको आयातमा ७०० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/२०७८ को ११ महिनाको अवधिमा जम्मा २१३ विद्युतीय आयात भएको थिए ।
विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १५४ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६५६ गरी ८१० गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६०८, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका १३२ र फ्रान्सबाट एक गाडी नेपाल भित्रिएका छन् ।
June 22, 2022 4:47 pm | अर्थतन्त्र,मिडियाबाट साभारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
