
बिर्तामोड नगरपालिका अगाडिबाट प्रदर्शनकारीहरु पक्राउ
June 22, 2022 2:32 pm

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगमबहादुर कुवरले पुष्टि गरेका छन् ।
बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै नगरभित्र प्रवेश गर्न खोजेपछि ११ जनालाई नियन्त्रणमा लिएको डिएसपी कुँवरले जानकारी दिए ।

दुई दिनअघि मात्रै सर्वदलीय बैठकका क्रममा वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले मेयर पवित्रा महतारा प्रसाईमाथि दुव्र्यवहार गरेका थिए भने एमाले अध्यक्ष सुवास भट्टराईलाई हातपातको प्रयास गरेका थिए । सोही क्रममा न्यौपानेको नेतृत्वमा व्यापारीसमेतले नगरका विभिन्न संरचनामा तोडफोडको प्रयास गरेको थियो ।
वाणिज्य संघको नाममा गरिएको आन्दोलन अराजक भएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बुधबारे हटियाको समस्या समाधानका लागि नगरपालिकाले कार्यदल गठन गरिसकेको छ । नगर उपप्रमुख नगेन्द्र संग्रौलाको संयोजकत्वमा बनेको कार्यदललाई १ महिनामा प्रतिवेदन बुझाउन म्याण्डेड दिइएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
