
सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै
June 22, 2022 1:57 pm

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छैन । सत्तारुढ गठबन्धनका शीर्ष नेताकै छलफलले बजेट पारित हुनुअघि मन्त्री हेरफेर नगर्ने सहमति गरेको थियो । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्न लागेपछि अन्य दलहरुमा पनि मन्त्री हेरफेरको आवाज उठेको छ ।
यसै वर्ष संघीय र प्रदेशसभा निर्वाचन हुने भएकाले सत्तारुढ गठबन्धनको बैठकमा चुनावको मिति तोक्ने र गठबन्धनको विषयमा पनि छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।
June 22, 2022 1:57 pm | राजनीतिप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
