भदौ ३० गतेसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित

September 13, 2021 3:11 pm

काठमाडौं । राष्ट्रिय सभाको बैठक आउँदो भदौ ३० गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।

आज बसेको पहिलो बैठकमा एमालेले अवरोध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएको थियो । त्यसपछि सुरु भएको बैठकमा पनि एमालेले अवरोध गरेपछि बैठक भदौ ३० गतेसम्म स्थगित गरिएको हो ।

एमाले सांसदको विरोधकै बीच राष्ट्रिय सभाबाट लोक सेवा आयोग विधेयक २०७८ पारित भएको छ ।

एमाले सांसदकै अवरोधका कारण प्रतिनिधि सभाको बैठक पनि भोलि मङ्गलवार २९ गतेसम्मका लागि स्थगित भएको छ ।

          September 13, 2021 3:11 pm | मुख्य समाचार,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: