सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

September 13, 2021 11:49 am

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा नजाने भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा एमालेको सहभागिता नहुने जानकारी दिए ।

“आज बोलाएको बैठकमा हाम्रो पार्टी सहभागी हुँदैन्,” उनले भने । सभामुखले आज संसद्मा प्रतिनिधित्व गर्ने दललाई बोलाएका छन् ।

एमालेले लगातार संसद् बैठकमा बिरोध गरेपछि निकासका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।

          September 13, 2021 11:49 am | मिडियाबाट साभार,मुख्य समाचार,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: