साफ च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम कतारतर्फ

September 10, 2021 12:48 pm

काठमाण्डौं । आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको अन्तिम तयारी गर्न नेपाली राष्ट्रिय फुटबल टिम कतार प्रस्थान गरेको छ।

नेपाली टिम शुक्रबार विहान कतारतर्फ गएको हो। नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने गत सोमबार नै कतार गएका थिए।

यसअघि नेपालले गत साता भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेल १(१ गोलको बराबरीमा सकिदा दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो।

कतारमा १७ दिन बसेपछि नेपाली टिम असोज ११ गते साफ च्याम्पियनसिप खेल्न उतैबाट माल्दिभ्स जानेछ।

तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता ९साफ० आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय छ।

 

          September 10, 2021 12:48 pm | खेलकुद,मिडियाबाट साभार,मुख्य समाचार

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित