
उपचार सुविधासहित सिम्रिक साकोसका कर्मचारी सदस्यको घरदैलोमा

कनकाई । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्र अन्तर्गतका दुई जना शेयर सदस्यहरुलाई आर्थिक राहत प्रदान गरिएको छ ।
सिम्रिक साकोसले संस्थाका सदस्य संगीता थापालाई १७ हजार ५०० रुपैयाँ राहत प्रदान गरेको हो । उनको हालैमात्र एपेन्डिसाइडको शल्यक्रिया गरिएको थियो । यसैगरी इन्दिरा थापा बोहोरालाई १३ हजार ५०० रुपैयाँ प्रदान गरिएको छ । उनको पनि हालै पाठेघरको शल्यक्रिया गरिएको थियो ।
आज सोमबार बिरामी शेयर सदस्यहरुको निवासमा नै पुगेर संस्थाको सुरुङ्गा कार्यालय प्रमुख इन्दिरा भट्टराईले राहत रकम हस्तान्तरण गरेकी हुन् । राहत प्रदान गर्दै भट्टराईले संस्थाको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट उनीहरुको स्वास्थ लाभको कामना पनि गरेकी छन् ।
सिम्रिक साकोसले सदस्यको जीवनका हरेक घटनाहरुमा अभिभावकत्व प्रदान गर्दै आएको छ । जन्मदेखि मृत्युसम्मका आरोह अवरोहमा सिम्रिकले सदस्यहरुलाई साथ दिँदै आएको शाखा प्रमुख भट्टराईले बताइन् ।
विगत २ वर्षदेखि संस्थाले सदस्यहरुकै आर्थिक सहभागितामा राहत कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाई छ । सदस्यहरु बिरामी हुँदा उपचार खर्चको ५० प्रतिशत र तिनका परिवारको उपचारमा २५ प्रतिशत सुविधा दिने संस्थाको नीति अनुरुप थापा र बोहोरालाई उपचार सुविधा प्रदान गरिएको जनाइएको छ ।
February 22, 2021 3:19 pm | मुख्य समाचार,समाज,सहकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

६७ जनामा कोरोना संक्रमण

ताप्लेजुङका आगलागी पीडितहरुलाई सांसद भट्टराईको ५ लाख, सरकारले पनि ५-५ लाख दिने

प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछाडि हटिन्न; देउवा

सेभिल्लाविरुद्ध बार्सिलोनालाई दवाव

६ विद्यार्थी संगठनद्वारा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

NC should join govt: Shashanka Koirala

चैत २ मा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने
