
लागुऔषधसहित मोरङबाट ५ जना पक्राउ

विराटनगर । मोरङका छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषध र गोलीसहित पाँचलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले आइतबार पथरीशनिश्चरे नगरपालिका–४ स्थित कल्पना राईको घरबाट लागुऔषध तथा गोलीसहित ४ जनालाई पक्राउ गरेको हो ।
लागुऔषध ब्राउनसुगर, गाँजा र गोली बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जनाएका हुन् । लागुऔषध सेवन र बिक्रीवितरण भइरहेको थाहा पाएपछि पुगेको प्रहरी टोलीले घर खानतलासी गर्नेक्रममा लागुऔषध र गोली बरामद गरेको हो ।
पथरी–४ का २२ वर्षीय दशरथ भन्ने छिरिङ राई, २४ वर्षीय सिजन भन्ने नवराज राई र १९ वर्षीय साजन राई तथा भोजपुर साल्पासिलोछो गाउँपालिका–२ का १९ वर्षीय निराज राई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
राईको घरबाट पक्राउ परेकाहरूबाट लागुऔषध ब्राउनसुगर ६३० मिलिग्राम, गाँजा ७६ ग्राम, विभिन्न हातहतियारमा लाग्ने गोली ४ थान, गोलीको खोका १ थान, ट्रामाडोल क्यापसुल ९० पिस, नगद ६ हजार ७ सय ३० रुपैयाँ, खुकुरी १ थान, मोबायल ४ थान, ट्याब १ थान, इस्पासपेन ट्याब्लेट ५४ पिस, को १४ प ४७२५ नम्बरको मोटरसाइकललगायतका सामान बरामद गरेको डिएसपी राईले जानकारी दिए । पक्राउ परेकोहरूलाई लागुऔषध तथा हातहतियार खरखजना मुद्दामा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
त्यस्तै भारतको जोगबनीबाट विराटनगर–१७ मटेरुवा नाका हुँदै आउँदै गरेका धरान–९ का ३९ वर्षीय सुवास लामिछानेलाई प्रहरी लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका लामिछानेले बोकेको झोलाबाट स्पासमो १ सय ६९ चक्की, डाइलेस डिसी २० बोतल, निटराभेट १५ चक्की, निटाजकेयर २० चक्की लागुऔषध बरामद गरेको र उनलाई लागुऔषध मुद्दामा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रहरीले विराटनगर–६ का २० वर्षीय अजय पासवानलाई मोटरसाइकल चोरी गरी दरैया नाका हुँदा भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विराटनगर–१२ मंगलबारे हटियामा पार्किङ गरी राखिएको प्रदेश–१–०२–०४० प ४३७३ नम्बर मोटरसाइकल चोरी लैजाँदै गर्दा पक्राउ परेका पासवानलाई चोरी मुद्दामा थप अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ ।
January 25, 2021 1:13 pm | समाज

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रचण्ड – माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु

सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली

कांग्रेस नेतृ प्रसाईलाई लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मान

भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
