
मतदाता अद्यावधिकको काम शुरु

चितवन । सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्ला तहमा समेत निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ ।
कार्यालयले आइतबार यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अद्यावधिकको काम शुरु भएको जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्नका लागि सातै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको कार्यालयका प्रमुख जनार्दन अधिकारीले जानकारी दिए ।
उनका अनुसार माघ १५ देखि २१ गतेसम्म नामावलीमा अद्यावधिकको काम गरिने छ । यसका लागि कर्मचारीलाई तालीम दिइसकिएको छ । जिल्लामा पुस ५ गतेसम्म १८ वर्ष पुगेका तीन लाख ६८ हजार ७४९ को नाम दर्ता भएको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको छ ।
विसं २०७४ को मतदाताको सङ्ख्यामा अहिले १४ हजार ७१४ मतदाता थपिएको अधिकारीले बताए । निर्वाचनमा तीन लाख ५४ हजार ३५ मतदाता रहेका थिए । थपिएका मतदाताको नामावली अद्यावधिकको कामका लागि सबैले सहयोग गर्न आवश्यक रहेको अधिकारीको भनाइ छ । अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको र नामावलीमा त्रुटि भएको सच्याइने छ ।
बाह्रखरी
January 25, 2021 11:03 am | राष्ट्रिय समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रचण्ड – माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु

सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली

कांग्रेस नेतृ प्रसाईलाई लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मान

भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
