चसो बढेपछि निशुल्क दाउरा वितरण

January 13, 2021 8:20 pm

इटहरी । वाक्लो हुस्सु लागेर चीसो वढेसँगै इटहरी उपमहानगरले आगो वालेर ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ ।

बुधबार इटहरीका विपन्न वस्तीहरुमा दाउरा वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । त्यस्तै इटहरी चौक आसपास मान्छेहरु धेरै भेला हुने ठाँउमा दाउरा वितरण गरिएको हो । विपन्न मुसहर वस्तीहरुमा भोली देखि कम्वल वितरण गरिने उनले बताइन् । वाक्लो हुस्सु लागे पछि चीसोले जनजीवन प्रभावित भएको छ ।

वजारमा चहल पहल कम देखिन्छ । ज्येष्ठ नागरिक वालवालिका र श्रमिक वर्ग वढि प्रभावित भएका छन । हुस्सु र शितका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान डाक्टरले सल्लाह दिएका छन ।

          January 13, 2021 8:20 pm | समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: