
नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझायो जवाफ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ ।
दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए । पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन ।
ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । उनले भने, ‘निर्वाचन आयोगले मागेको पछिल्ला कागजातहरु, जवाफहरु बुझाएका हौं ।’
अर्का पक्षका नेता लीलामणि पोखरेलले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै सबै बुझाइसकेको जवाफ पठाएको बताए । उनले अघि भने, ‘यस्तो बेलामा संवैधानिक अंगले गल्ती कमजोरी गर्यो भने दुरगामी असर पर्छ भनेर पनि ध्यानाकषर्ण गराएका छौं ।’
निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो । आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको छ । प्राप्त विवरण हेरेर आयोगले निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए ।
अनलाइनखबरबाट
January 13, 2021 5:17 pm | राजनीति,राष्ट्रिय समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा.राजभण्डारीले लगाउने

गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

‘माउण्ट केटू म पनि जान पाएको भए…’

बुधबारे जेसीजद्वारा रक्तदान, ४२ प्रिन्ट रगत संकलन

जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्

कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

‘नभनेको कुरा लेखेर अपमान गरियो’ : वामदेवको सचिवालय
