
चीनका ४ सहरमा लकडाउन, महिनौँपछि कोरोना सङ्क्रमणको दर वृद्धि

काठमाण्डौ । चीनमा पाँच महिनाभन्दा लामो समयपछि एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् । योसँगै कोरोनाको अर्को लहरबाट बच्न चीनले चार वटा सहरमा लकडाउन लागू गरेको छ । परीक्षण बढाएको छ र अरू कदम पनि उठाएको छ ।
थपिएका सङ्क्रमितमध्ये धेरै राजधानी बेइजिङ नजिकका छन् । बुधवार जारी गरिएको आधिकारिक तथ्याङ्कअनुसार उत्तर–पूर्वी चीनको एक प्रान्तमा पनि सङ्क्रमणको दर बढेको देखिएको छ । सङ्क्रमण दर बढेपछि दुई करोड ८० लाख भन्दा धेरै नागरिकलाई होम क्वरेण्टीनमा राखिएको छ ।
नेशनल हेल्थ कमिसनले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘चीनमा एक सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ, एक दिनअघि ५५ जनामा सङ्क्रमण देखिएको छ । गएको ३० जुलाईपछि एकैदिन यति धेरै सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।’
कमिसनका अनुसार एक सय सात जनामा समुदायस्तरबाटै सङ्क्रमण भएको छ, ९० जना बेइजिङ नजिकको हिबे प्रान्तका र उत्तर–पूर्वी हेलुंगजंग प्रान्तमा १६ जना छन् ।
हिबेको तीन सहरमा लकडाउन लगाइएको छ । बेइजिङ सहरको प्रशासनले स्क्रिनिङ र सङ्क्रमण फैलिन नदिन कडा कदम चालेको छ ।
हेलुंगजंग प्रान्तले बुधबार कोभिड–१९ आपत्काल घोषणा गरेको छ । प्रान्तीय राजधानी हार्बिनको सीमा नजिकको सुहुआ सहरले आफ्ना पाँच लाख २० हजार नागरिकका लागि लकडाउन लगाएको छ ।
उज्यालो
January 13, 2021 3:59 pm | परदेश (प्रवास),स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा.राजभण्डारीले लगाउने

गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

‘माउण्ट केटू म पनि जान पाएको भए…’

बुधबारे जेसीजद्वारा रक्तदान, ४२ प्रिन्ट रगत संकलन

जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्

कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

‘नभनेको कुरा लेखेर अपमान गरियो’ : वामदेवको सचिवालय
