
कमल गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न

कमल । कमल गाउँपालिकाले आठौं गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा सम्पन्न गाउँसभाले विभिन्न निर्णय गर्दै आठौं गाउँसभा सम्पन्न गरेको हो ।
गाउँसभाले सातौं गाउँसभा बाट स्वकृत भएको रु .८१ करोड ८५ लाख ९१ हजार ७९९ रुपैया रहेको बजेटलाई संसोधनगरी डट करोड ठण् लाख हजार छद्द हजार ढण्ड रुपैया पुर्याएको छ ।
साधुुहोली सिमसार पर्यटन पूर्वाधार तथा पर्यटन पूर्वाधारमा टेवा पुर्याउनका लागि समितिलाई विधान दर्ता गरी प्रकृया अगाढी बढाउन गरिएको निर्णय गाउँसमाले पारित गरेको छ ।
गाउँसभाले विपद व्यवस्थापन कोषबाट कोभिड १९ संक्रमण रोग नियन्त्रणसँग सम्बन्धित भएर गरेका सम्पूर्ण खर्च ( राहत वितरण, क्वारेण्टाइन र आइशोलेशन केन्द्र, पि.सि.आर परीक्षण ) तथा तोपगाछी खानेपानी आयोजना कमल १ र २ को लागि चालु आ.व.०७७÷०७८ मा थप पाईपलाईन सर्भे, डिजाइन भेरिफिकेशन र माटो परिक्षण लगायतमा भएका खर्चलाई समेत अनुमोदन गरेको छ ।
तोपगाछी स्वास्थ्य चौकीको स्तरोन्नती भै १५ वेडको अस्पताल निर्माण गर्ने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट प्राप्त पत्रानुसार हाल सन्चालनमा रहेको तोपगाछी स्वास्थ्य केन्द्रको स्थानमा आधारभूत अस्पताल भवन निर्माण निर्देशिका २०७७ अनुसार जग्गा अपुग हुने भएको कारणले उक्त स्थानमा १५ शैयाको अस्पताल भवन निर्माण गर्न सम्भव नहुने भएको हुदा गाउँपालिका भवन रहेको जग्गाको पश्चिम उत्तर तर्फ खाली रहेको जग्गामा अस्पताललाई आवश्यक पर्ने मापदण्ड अुनसारको जग्गा उपलब्ध गराउन कार्यपालिका बैठकले गरेको निर्णयलाई गाउँसभाले पारित गरिएको छ ।
औद्योगिक करिडोरबाट विस्थापित भएका नजतालाई उचित ठाउँको खोजिगरी स्थायी बसोवासको प्रबन्ध मिलाउने तथा रतुवामाई वृक्षारोपण आयोजनालाई संरक्षण गर्दै सो ठाउँलाई दिगो विकास र स्थानिय जनतालाई फाईदा हुने किसिमको कार्यक्रम तयार गरी लागु गर्ने लगायतका निर्णय गाउँसभाबाट परित भएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
January 13, 2021 1:17 pm | समाज,स्थानीय तह

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा.राजभण्डारीले लगाउने

गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

‘माउण्ट केटू म पनि जान पाएको भए…’

बुधबारे जेसीजद्वारा रक्तदान, ४२ प्रिन्ट रगत संकलन

जब बालबच्चाले घरको खानेकुरा खाँदैनन्

कांग्रेसले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम

‘नभनेको कुरा लेखेर अपमान गरियो’ : वामदेवको सचिवालय
