प्रतिनिधिसभा विघटनको मुद्धा हेर्न संवैधानिक इजलासमा मल्ललाई स्थान

January 13, 2021 11:05 am

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटको सुनुवाइका लागि आज संवैधानिक इजलास बस्दैछ । विघटन विरुद्धको रिटको सुनुवाईका लागि आज संवैधानिक इजलास बस्न लागेको हो ।

इजलासमा यस अघि रहेका न्यायाधीश हरिकृष्ण कार्की भने रहने छैनन् । उनको स्थानमा सपना मल्ल प्रधानलाई राखेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका हुन् ।

इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई निरन्तरता दिइएको छ।

प्रधानमन्त्री पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता रहेका कार्कीको आलोचना भएपछि उनले इजलासमा नबस्ने घोषणा गरेका थिए । उनको स्थानमा तत्कालीन नेकपा एमालेबाट संविधान सभा सदस्य बनेकी मल्ललाई राखिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै गत पुस २२ मा पूरक निवेदन दिएका थिए । सो विवाद कहाँ सुनुवाइ हुने भन्ने बुधबार मात्र तय हुनेछ।

          January 13, 2021 11:05 am | राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: