लोक सेवा आयोगले नायब सुब्बा पदको लागि माग्यो आवेदन

January 13, 2021 10:51 am

काठमाण्डौ । लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ ।

आयोगले सातवटै प्रदेशमा जम्मा आठ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन प्रकाशन गरेको हो । माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ ।

आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ । आयोगले परीक्षाको मिति भने पछि तोक्ने जनाएको छ । कोरोना महामारीका कारण लोकसेवा आयोगको परीक्षा नहुँदा परीक्षाको तयारी गरिरहेकाहरु निराश बनिरहेका बेला पछिल्लो समय आयोगले विज्ञापन प्रकाशन गर्न थालेको हो । यस अघि शाखा अधिकृत पदका लागि पनि विज्ञापन गरेर आवेदन संकलन गरिरहेको छ ।

          January 13, 2021 10:51 am | राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: