
सतासी बहुमुखी सहकारी संस्था लि. को १७औ वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना

१७औ वार्षिक साधारणसभा सम्बन्धी शेयर सदस्यहरुका लागि जरुरी सूचना
सहकारी ऐन २०७४ को दफा ४० को उपदाफा ५ तथा सहकारी विभागको मिति २०७७ अशोज १ गते प्रकाशित सूचना अनुसार संस्थाको १७औ वार्षिक साधारणसभा गर्नुपर्ने भएकोले मिति २०७७ मंसिर ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार तपशिल बमोजिम कार्य भइरहेको रहेको सूचित गरिन्छ ।
१. पौष ५ गतेदेखि १३ गतेसम्म प्रतिवेदन वितरण (कार्यालय तथा बजार प्रतिनिधि मार्फत) ।
२. पौष १४ देखि १७ गतेसम्म सुझाव संकलन
३. पौष २० गते उक्त संकलित सुझाब उपर सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार समिति, विभिन्न उपसमितिहरुका बीच छलफल ।
४. पौष २७ गते सबै समिति, उपसमिति तथा कर्मचारीहरु भेला भई वार्षिक साधारणसभा सम्पन्न गर्ने ।
छलफलको विषयहरुः
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७६/७७ को वार्षिक प्रगति प्रतिवेदन माथि छलफल तथा अनुमोदन ।
२. लेखा सुपरिवेक्षण समितिको तर्फबाट तयार गरिएको आ.व. २०७६/७७ को प्रतिवेदन माथि छलफल तथा अनुमोदन ।
३. आ.व. २०७६/०७७ को लेखापरिक्षकको प्रतिवेदन उपर छलफल तथा अनुमोदन ।
४. आ.व. २०७७/०७८ को वार्षिक बजेट तथा कार्यक्रम छलफल तथा अनुमोदन ।
५. आ.व. २०७७/०७८ को लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण ।
६. संस्थाको विनियम, बचत तथा ऋण, कर्मचारी प्रशासन नियमावली तथा विभिन्न कार्यविधिहरु संशोधन र थप ।
७. विविध ।
कुनै कारणबस प्रतिवेदन प्राप्त नभएमा संस्थाको कार्यालयमा सम्पर्क गरी प्रतिवेदन बुझिलिन तथा संस्थाको वेवसाइटः https://www.satashi.coop.np/ मासमेत हेर्न सकिने छ ।
मिति २०७७ पौष १२ गते सन्तोषकुमार श्रेष्ठ : सदस्य सचिव
December 28, 2020 8:13 pm | विज्ञापन,सहकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

मित्रता : जीवनमा सफलता र खुसीका लागि

नेकपा स्थायी कमिटी बैठक बस्दै

विश्वमा कोरोनाका कारण २१ लाख २७ हजार बढीको मृत्यु, थप ०।४ प्रतिशतको अवस्था चिन्ताजनक

झापामा आज तीन कृतिको एकसाथ विमोचन

एक सातामा ४९ संक्रमित थपिए

स्काउट क्रयू स्थापना दिवसमा शैक्षिक सामाग्री वितरण

वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित
