
चीनको ग्रेटवाललाई किन भनिन्छ दुनियाकै ठूलो चिहान ? यस्तो छ रोचक तथ्य

चीनको विशाल पर्खाल अर्थात् ग्रेटवालका बारेमा हामी धेरैले सुनेकै छौँ । कतिजना त ग्रेटवालसम्मै पुग्नुभएको होला । यो विशाल पर्खाल हेर्नका लागि बर्सेनि लाखौँ पर्यटक त्यहाँ पुग्दछन् ।
यो विशाल पर्खाल अन्तरीक्षबाट देखिने पृथ्वीको एकमात्र मानव निर्मित संरचना हो पनि भन्ने गरिन्छ । त्यसैले पनि ग्रेटवाल अफ चाइना विश्वका सातौँ आश्चर्यमध्ये एक हो । यो पर्खाल विश्वको सबैभन्दा लामो पर्खाल हो । तपाईलाई थाहा नहुन सक्दछ कि दुनियाकै आश्चर्य यो पर्खाललाई विश्वको सबैभन्दा ठूलो चिहान पनि भनिन्छ । जसको कारण अनौठो छ ।
यद्यपि ग्रेटवाल अफ चाइनाको वास्तविक लम्बाइका विषयमा विभिन्न फरक फरक तथ्यहरु रहेका छन् । तथापि सन् २००९ मा भएको एक सर्भेले उक्त पर्खालको लम्बाइ ८ हजार ८५० किलोमिटर रहेको सार्वजनिक गरेको थियो । तथापि सन् २०१२ मा चीनमा गरिएको एक सरकारी सर्भेक्षणले उक्त तथ्यांकलाई गलत सावित गर्यो । त्यसक्रममा ग्रेटवालको कूल लम्बाइ २१ हजार १९६ किलोमिटर रहेको नयाँ तथ्य सार्वजनिक भयो । सर्भेक्षणको रिपोर्ट चिनियाँ सरकारी समाचारपत्र सिन्ह्वामा समेत प्रकाशित भयो ।
ग्रेटवाल निर्माणको कथा हजारौँ वर्ष पुरानो छ । चीनको पहिलो सम्राट शी हुआंगले यस पर्खाल निर्माणको कल्पना गरेका थिए, तर उनी सफल भएनन् । उनको मृत्यु भएको सयौँ वर्षपछि ग्रेटवालको निर्माण सुरु भयो । इशापूर्व पाँचौँ शताब्दीमा ग्रेटवालको निर्माण सुरु भएको बताइन्छ । सयौँ वर्षसम्म ग्रेटवालको निर्माण चलिरह्यो । चिनियाँ सम्राटहरुले १६ औँ शताब्दीसम्म ग्रेटवालको निर्माण जारी राखेका थिए ।
शत्रुको आक्रमणबाट चीनलाई जोगाउनका लागि उक्त पर्खाल ठड्याएका हुन् चिनियाँ सम्राटहरुले । सन् १२११ मा मंगोल शासक चंगेज खाँको सेनाले यो पर्खाललाई एक ठाउँमा भत्काएर त्यहीँबाट चीनभित्र प्रवेश गरेर आक्रमण गरेका थिए ।
चीनमा यो पर्खाललाई वान ली चेंग चेंगको नामले पनि चिनिन्छ । यो पर्खालको चौडाइको यति छ कि त्यसमा एकसाथ पाँचवटा घोडा वा १० वटा पैदल सैनिक हिँड्न सक्दछन् । युनेस्कोले यो पर्खाललाई विश्व सम्पदा सूचिमा सूचिकृत गरेको छ ।
इतिहास अनुसार ग्रेटवाल अफ चाइनाको निर्माणमा करीब २० लाख मजदूर खटिएका थिए । दर्दनाक तथ्य त के भने त्यसमध्ये करीब १० लाख मजदूरको त यो पर्खाल निर्माणकै क्रममा मृत्यु भएको थियो । त्यसरी मृत्यु भएका मजदुरहरुलाई पर्खालमुनि नै हालेर त्यसमाथि पर्खाल लगाइएको बताइन्छ । त्यसैले यो पर्खालभित्र लाखौँ मजदुरका लास रहेका छन् भनिन्छ । सोही कारणले ग्रेटवाल अफ चाइनालाई विश्वको सबैभन्दा ठूलो चिहान पनि भनिन्छ । यद्यपि यसमा कत्तिको सत्यता छ त्यो चाहिँ रहस्यकै गर्भमा छ ।एजेन्सी
November 22, 2020 11:38 am | रोचक कुरा / टिप्स,विश्व समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

मित्रता : जीवनमा सफलता र खुसीका लागि

नेकपा स्थायी कमिटी बैठक बस्दै

विश्वमा कोरोनाका कारण २१ लाख २७ हजार बढीको मृत्यु, थप ०।४ प्रतिशतको अवस्था चिन्ताजनक

झापामा आज तीन कृतिको एकसाथ विमोचन

एक सातामा ४९ संक्रमित थपिए

स्काउट क्रयू स्थापना दिवसमा शैक्षिक सामाग्री वितरण

वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित
