२०८० फागुन १८, शुक्रवार , ०२:४१:४६ बजे

Sajhamanch
'

वार्षिकोत्सवमा ग्यालेक्सीले गर्यो डेटलिफ्ट र वेञ्चप्रेस प्रतियोगिता

मङ्गलवार, फागुन १३, २०७६

बिर्तामोड । ग्यालेक्सी फिटनेस बिर्तामोडले आफ्नो चौथो वार्षिकोत्सव मनाउँदै ग्यालेक्सी इन्टरपावर लिफ्टिङ प्रतियोगिता सम्पन्न गरेको छ ।

फिटनेस संस्थामा आवद्ध शारीरिक सुगठनका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खुल्ला डेटलिफ्ट र वेञ्चप्रेस प्रतियोगिताको आयोजना गरेको सञ्चालक चन्द्र राना मगर लाफाले बताए ।

प्रतियोगिता अन्तरगत महिलातर्फको खुल्ला डेटलिफ्ट प्रतियोगितामा माया सुव्वा, बिनु क्षेत्री र लासाङ लामा क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् ।

त्यस्तै पुरुषतर्फको डेटलिफ्ट प्रतियोगितामा ६५ केजी तौल समूहमा प्रकाश सुनुवार प्रथम, महेश ठगुन्ना दोस्रो र सुजन सुवेदी तेस्रो भएका छन् । पुरुषतर्फकै ७५ केजी तौल समूहमा प्रथम अनुप अधिकारी, दोस्रो किरण राई र तेस्रो पंकज कार्की भएका छन् ।

त्यस्तै पुरुषतर्फ नै ७५ केजीभन्दा माथिको तौल समूहमा अंकित थापा प्रथम, सुनिल लावती दोस्रो र प्रकाश चौधरी तेस्रो भएका छन् ।

त्यसैगरी, वेञ्चप्रेसतर्फको खुल्ला पुरुषतर्फको प्रतियोगितामा सुजन सुवेदी, प्रकाश सुनुवार र महेश ठगुन्ना क्रमशः प्रथम, द्वितिय र तृतिय भएका छन् । यस्तै ७५ केजी तौल समूहमा प्रथम, दोस्रो र तेस्रोमा क्रमशः किरण राई, अनुप अधिकारी र पंकज कार्की भएका थिए । वेञ्चप्रेस तर्फमा नै पुरुष ७५ केजीभन्दा माथिको तौल समूहमा अंकित थापा, सुनिल लावती र प्रकाश चौधरी क्रमशः प्रथम, दोस्रो र तेस्रो भएको जनाइएको छ ।

प्रतियोगिताको मुख्य निर्णायकमा ललित धिमाल तथा सह निर्णायकमा रतन लिम्वू र चन्द्र लिङ्देन रहेका थिए ।

ग्यालेक्सी फिटनेस बिर्तामोडका सञ्चालक सन्दिप शेर्माको अध्यक्षता तथा युवा व्यवसायी दिपेन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमको सञ्चालन ग्यालेक्सी फिटनेस बिर्तामोडका अर्का सञ्चालक चन्द्र राना मगर लाफाले गरेका थिए ।

सम्बन्धित खबर