२०८० फागुन २०, आइतवार , ०४:४०:४१ बजे

Sajhamanch
'

चीनभन्दा कोरियामा फैलिएको कोरोनाबाट नेपाल उच्च जोखिममा

मङ्गलवार, फागुन १३, २०७६

काठमाडौं । चीनको हुवेइ प्रान्तको केन्द्र वुहानबाट फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को प्रकोप युरोपको इटलीसहित दक्षिण कोरियासम्म फैलिएको छ।

कोरोना भाइरस संक्रमण अहिलेसम्म ३६ देशमा पुगेको छ। मंगलबार बिहानको तथ्यांकअनुसार यो भाइरसबाट अहिलेसम्म दुई हजार ७०० जनाको मृत्यु भएको छ। यस्तै, ८० हजार १३० जनामा संक्रमण देखा परेको र २७ हजार ४७१ जना संक्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन्। मृत्यु र संक्रमणदर चीन र त्यसमा पनि हुवेई प्रान्तमा सबैभन्दा बढी छ। त्यसपछि सबैभन्दा बढी संक्रमण दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ।

तर, मृत्युदर बढी भएको भने इरानमा हो। त्यहाँ ४७ जनामा संक्रमण देखिँदा १४ जनाको मृत्यु भइसकेको छ। दक्षिण कोरियामा भने अहिलेसम्म आठजनाको ज्यान गएको छ। संक्रमणको कुरा गर्दा दक्षिण कोरियापछि सबैभन्दा धेरै जापानी तटमा रहेको डायमण्ड प्रिन्सेज नाम दिइएको पानी जहाजमा देखिएको छ।

त्यहाँ अहिलेसम्म ६९१ जनामा संक्रमण र चारजनाको मृत्यु भएको छ। कोरोनाको संक्रमणले एसियासँगै अफ्रिका, उत्तर अमेरिका, युरोप र अष्ट्रेलिया महादेशलाई पनि छोइसकेको छ। यो भाइरसको संक्रमण सार्क मुलुकका नेपाल भारत, श्रीलंका, अफगानिस्थानमा पनि देखिए पनि यी देशमा हालसम्म कसैको पनि मृत्यु भएको छैन। नेपालमा हालसम्म एकजना कोरोना भाइरस संक्रमित भेटिएका थिए।

गतमाघ पहिलो हप्ता चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिए पनि उनी अहिले संक्रमणमुक्त भइसकेका छन्। त्यसपछि हालसम्म नेपालमा भाइरस भएको पुष्टि भएको छैन। चीनको हुबेई प्रान्तबाट उद्धार गरी ल्याइएका एक सय ७५ नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा राखिएको छ।

हालसम्मको परीक्षणमा उद्धार गरेर ल्याइएका सबै विद्यार्थीमा कोरोना भाइरस नेगेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन इकाइका प्रमुख सागर दाहालले भने, ‘हामीले उद्धार गरेर चीनबाट ल्याइएका कुनै विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको छैन।

‘ चीनको हुबेई प्रान्तमा रहेका १८५ मध्ये १७५ नेपालीलाई फागुन ३ मा चीन गएको नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले फागुन ४ गते बिहान काठमाडौंमा ल्याएको थियो। अहिले उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई क्वारेन्टाइनमा परिणत गरेर राखिएको छ।
थाहा खबर बाट

सम्बन्धित खबर