२०८० असोज ५, शुक्रवार , ०७:५७:३५ बजे

Sajhamanch
'

भारतमा बस दुर्घटना, मृत्यु हुने इटहरीबासीको संख्या १० पुग्यो

शनिवार, फागुन १०, २०७६

इटहरी । भारतमा भएको बस दुर्घटनामा मृत्यु हुने इटहरीवासीको संख्या १० पुगेको छ । गत माघ २३ गते तीर्थयात्रामा गएका उनीहरू सवार बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा इटहरी वडा नं. १०, ११ र १२ का १० जनाको ज्यान गएको हो

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ अनुसार मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० बर्षीय रसिलाल चौधरी, ६६ बर्षीया बुधनी थरुनी, ६५ बर्षीया फूलसरीदेवी चौधरी, ६५ बर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको मृत्यु भएको छ ।

३४ जना सवार रहेको मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी घाइतेहरूकाे उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

शनिवार, फागुन १०, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर