२०८० फागुन ११, शुक्रवार , १०:३१:३२ बजे

Sajhamanch
'

लुटेरा समूहले चलाएको गोली लागेर युवकको मृत्यु

बिहिवार, फागुन १, २०७६

राजविराज  । लुटेरा समूहले चलाएको गोली लागेर सप्तरीको बोदे बरसाईन नगरपालिका-५ जाँजरका एक युवकको मृत्यु भएको छ ।

बुधबार भारतको झंझारपुरबाट समान खरिद गरेर घर फर्किने क्रममा २२ वर्षीय डम्बर यादवमाथि गोली प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार रहेका लुटेरा समुहले पछाडिबाट गाडी रोक्न भन्दा नरोकेपछि चालक यादवमाथि गोली प्रहार गरि फरार भएको बताइएको छ ।

यादवसँगै स्कोरपियोमा सवार बोदे बरसाईन नगरपालिका-८ काचनका सुरेन्द्र यादव र सोही ठाउँका अनिलकुमार यादव सकुशल रहेको स्थानीय उमेश साहले जानकारी दिएका छन् ।

बिहिवार, फागुन १, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर