२०८० फागुन १९, शनिवार , ०३:४०:५७ बजे

Sajhamanch
'

दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँंच जना पक्राउ

बिहिवार, फागुन १, २०७६

भक्तपुर । प्रहरीले भक्तपुरको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँंच जनालाई पक्राउ गरेको छ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.४ चारदोबाटोबाट तीन जनालाई र सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारबाट दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

ठिमीको चारदोवाटोबाट सिन्धुपाल्चोक यमुना डाँडा गाउँपालिका वडा नंं.४ बस्ने वर्ष २६ का रामकुमार खड्का, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नंं. ५ कटुन्जे बस्ने वर्ष २५ का राधे मग्राती र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका वडा नं.३ बस्ने वर्ष १९ का सुरेश भुजेललाई पक्राउ गरेको जनाएको छ।

उता सूर्यविनायक सिरुटारबाट मोरङ कञ्चनबारी गाउँपालिका वडा नंं. ९ घर भई हाल काठमाडौ थानकोट बस्ने वर्ष ३१ का मनोज अधिकारी र भारत मोतिहारी जिल्ला घर भई हाल भक्तपुर सूर्यविनायक नगरापालिका वडा नंं.१ सिरुटार बस्ने वर्ष ४३ का मनेजर शर्मालाई पक्राउ गरेको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए।

नागरिक न्यूज

सम्बन्धित खबर