२०८० असोज ५, शुक्रवार , ०८:५१:४३ बजे

Sajhamanch
'

ताप्लेजुङमा कम्ब्याट कपडा बिक्री र प्रयोगमा निषेध

मङ्गलवार, माघ १४, २०७६

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नेपाली सेना र अन्य सुरक्षा निकायका लागि निर्धारण गरिएको पोशाकसँग मेल खाने कपडा बिक्री तथा प्रयोग गर्न निषेध गरेको छ।

जिल्लामा यस्ता कपडा खुला रुपमा बिक्री भइरहेको र सर्वसाधारणले समेत प्रयोग गरिरहेको हुनाले प्रशासनले त्यसमा निषेध गरेको हो। प्रकाशनले सोमबार सूचना प्रकाशन गरेर जानकारी गराएको छ।

प्रशासन कार्यालयको सूचना उल्लंघन गरेर बिक्री वितरण तथा प्रयोग गरिएको पाइए कानुन बमोजिम कारबाही गरिने जनाइएको छ।

मङ्गलवार, माघ १४, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर