

मदिराको प्रायोजनमा मस्ती

अभिनेत्री प्रियंका कार्कीले यो साता बैंककमा बिताइन् । उनको यसपटकका बैंकक बसाइ निकै मस्तीपूर्ण रह्यो । भन्नेहरूले त उनी ब्याचलर पार्टी मनाउन साथीहरूलाई लिएर त्यता गएको पनि अनुमान गरे ।
यद्यपि, प्रियंका तथा उनका चार जना साथीहरू एउटा मदिराको प्रायोजनमा रमाइलो गर्न त्यता गएको प्रियंकाले नै इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरूले प्रमाणित गरिदियो । यो अवधिमा प्रियंकाले इन्स्टाग्राममा प्रायस् बिकिनी लगाएका अर्धनग्न तथा भद्दा तस्बिरहरू नै पोस्ट गरिरहिन् ।प्रियंकाले आफूसँगै मोडल सहाना बज्राचार्य, शिवांगी प्रान, श्रेया जोशी आदिलाई लिएर गएकी थिइन् । त्यस क्रममा उनीहरूले बिकिनी लगाएकी एकल तथा सामूहिक तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गरिरहे । एउटा पोस्टमा त प्रियंकाले आफ्नो समूहलाई खर्च गर्ने मदिरालाई धन्यवाद नै व्यक्त गरेकी छिन् ।
अनुमान के लगाइएको छ भने ती पाँच जना सुन्दरीका ग्ल्यामरस तस्बिरहरूलाई उक्त मदिराले आफ्नो प्रचार सामग्री ९क्यालेन्डर० मै प्रकाशित गर्ने सम्भावना छ । कुनै समारोहलाई प्रायोजन गर्नु त ठीकै हो, उक्त मदिराले सुन्दरीहरूलाई विदेशकै सयर गराएर रमाइलो वातावरण बनाइदिएको भने यो सम्भवतस् पहिलो पटक नै हुनुपर्छ ।
January 25, 2020 1:22 pm | टिप्स/जानकारी,फोटो
प्रतिकृयाहरू :
समाचारहरु:


भर्खरै प्रकाशित

माओवादी केन्द्रको चुनाव चिन्हमा बाबुराम र बामदेवको पार्टी चुनाव लड्दै, उनीहरु राजनीतिक हैसियत !

प्रहरी समायोजन मुद्धाबाट पछि हट्यो मधेस सरकार, धर्ना तोडियो

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान २०७९ प्रदेश प्रमुख खापुङद्वारा प्रमाणीकरण

शर्मा, पाठक र झापालीलाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिने

धार्मिक क्षेत्र सताक्षीधाममा लायन्सको रक्तदान, ७५ प्रिन्ट रगत संकलन

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विवादित नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले दिएका हेर्नुस् १५ सन्देशहरु
