२०८१ साउन १२, शनिवार , ०४:२२:४२ बजे

Sajhamanch
'

सत्तागठबन्धन दलका नेताहरूको बैठक बालुवाटारमा सुरु

शनिवार, माघ १५, २०७८

काठमाडौं,  पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षा लगायत आगामी आवधिक एवम् स्थानीय तहको निर्वाचनबारे छलफल हुने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

संविधानको धारा २२५ र स्थानीय तहको निर्वाचन सम्बन्धि ऐन, २०७३ बाझिएपछि सत्ता गठबन्ध्नले कानूनविद्हरुसँग पनि परामर्श गर्दै आएको छ ।

संविधानसँग बाझिने ऐन अमान्य हुने भन्दै सो बमोजिम कानून निर्माण गर्नुपर्नेमा गठबन्धनका दलहरुबीच छलफल हुदै आएको छ ।

बैठकमा यी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुदैछ । बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको जनाइएको छ ।

सम्बन्धित खबर