२०८१ साउन १२, शनिवार , ०३:३०:४१ बजे

Sajhamanch
'

संसद बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

शनिवार, माघ १५, २०७८

काठमाडौ, सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितीको बैठक बोलाएका छन्।

आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्।

भोलि बिहान ११ बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,न्यौपानेले भने, दशौँ अधिवेशनका हरेक बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था बैठक राख्नु भएको छ।

संसद बैठक आइतवार दिउँसो १ बजे बस्दैछ। सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दबाब छ। तर, संविधान र कानुन बाझिएकोले त्यसलाई संसोधन गर्नुपर्ने सुझाव छ।

स्थानीय तहको निर्वाचन मिति तोक्न ढिलाइ भइरहेका बेला संसदको बैठक बस्न लागेको हो। नेकपा एमालेले भदौदेखि संसद बैठक अवरुद्ध गरिरहेको छ।

कार्यव्यवस्था परामर्श समिति बैठकले संसद बैठकमा पेश हुने एजेन्डा तय गर्ने अभ्यास छ। तर, एमालेले अडान नछाडेका कारण संसदको अवरोध हट्ने सम्भावना न्यून छ।

सम्बन्धित खबर