२०८१ साउन १२, शनिवार , ०७:१४:०४ बजे

Sajhamanch
'

राष्ट्र बैंकका सञ्चालक पुस्करले लिए शपथ

बिहिवार, असोज ४, २०८०

काठमाडौं । नव नियुक्त नेपाल राष्ट्र बैंकका सञ्चालक डा। कृष्णहरि पुस्करले शपथ ग्रहण गरेका छन् ।

राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा बिहीबार अर्थसचिव पुस्करलाई सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।


नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा उनले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

पुस्कर यसअघि पनि अर्थसचिव हुँदा सञ्चालक थिए । प्रधानमन्त्री कार्यालयबाट अर्थमा सरूवा भएपछि पुस्करले पुनः राष्ट्र बैंकको सञ्चालकको शपथ लिएका हुन् ।