२०८१ साउन ११, शुक्रवार , ०५:०७:३४ बजे

Sajhamanch
'

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते

आइतवार, मंसिर १७, २०८०

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समिति बैठक आउँदो मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठानिक र रणनीतिक कार्यदिशा बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने तय भएको छ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहनेबीच मोर्चा निर्माण गरी जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिने छ ।

यसैगरी बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिवेदन, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठनसम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

यो प्रत्येक तीनरतीन महिनामा बस्ने नियमित बैठक भएको समेत महामन्त्री बर्तौलाले जानकारी दिए । २५ गते दिउँसो उपत्यका स्तरीय कार्यकर्ता भेला गरी बैठक समापन हुने पार्टीले जनाएको छ ।