२०८१ साउन १२, शनिवार , ०६:५६:३८ बजे

Sajhamanch
'

माधव नेपाल आज चीन जाँदै

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १५ नेताको टोली आज चीन भ्रमणमा जाँदै छ ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेताहरू चीन भ्रमणमा जान लागेका हुन् ।

दुई देशबीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए ।

मङ्गलवार, कार्तिक २१, २०८० | मिडियाबाट साभार, राजनीति

सम्बन्धित खबर